काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिम पर्वत हाइड्रोपावरलाई आइपीओ ल्याउन अनुमति दिएको छ।
धितोपत्र बोर्डले आज असोज २० गते हिम पर्वत हाइड्रोपावरलाई आइपीओ निष्कासन गर्न अनुमति दिएको हो। अब कम्पनीले ५९ करोड १५ लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनी १०० रुपैयाँ अंकित दरका कुल ५९ लाख १५ हजार कित्ता आइपीओ बिक्री गर्नेछ।
यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
धितोपत्र बोर्डले साढे ५ महिनापछि आइपीओ स्वीकृत गरेको हो। यसअघि धितोपत्र बोर्डले गत वैशाख १ गते एभरेष्ट कलरलाई आइपीओ ल्याउन अनुमति दिएको थियो।












