काठमाडौं । आज नेप्से परिसूचक १४ दशमलव ४५ अंकले घटेर २,६६० को विन्दुमा कायम भएको छ । आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्सको १७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













