IME Life New

जीवन बीमकको कुल व्यापार १ खर्ब ७३ अर्ब माथि, कुनले कति गरे बीमाशुल्क संकलन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ७३ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यस अवधिसम्ममा कम्पनीहरुले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरी कुल १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इनस्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

त्यस्तै, हिमालयन लाइफले १५ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १० अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ८ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी सिटिजन लाइफले ७ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ६ अर्ब ६४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आईएमई लाइफले ६ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ६ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ५ अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS