IME Life New

हिमालयन रिको कामु सीईओबाट मुकेश कपुरको राजीनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स (हिमालयन रि)को कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)बाट मुकेश कुमार कपुरले राजीनामा दिएका छन्।

कपुरले सोमबार (असार ८ गते) कामु सीईओबाट राजीनामा दिएका हुन्। गत असार ३ गते कम्पनी सञ्चालक समितिले कपुरलाई कम्पनीको कामु सीईओ मुकरर गरेको थियो।

Esewa
Crest

सरकारी वकिलको कार्यालयले धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम अदालतमा अभियोगपत्र दायर गरेसँगै हिमालयन रिकी सीईओ उपासना पौडेल स्वतः निलम्बनमा परेकी थिइन्। हिमालयन रिमा सीईओ पद रिक्त भएपछि कपुरलाई कामु सीईओ मुकरर गरिएको थियो। तर, कामु सीईओमा नियुक्त भएको एक साता नबित्दै कपुरले राजीनामा दिए।

कार्यालयले हिमालयन रिकी सीईओ पौडेलसहित बीमा क्षेत्रमा आबद्ध ८१ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS