काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८३।८४ को प्रथम त्रैमास (साउन–असोज)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोजसम्म कम्पनीले १० करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८२।८३ को असोजसम्म कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५७.८२ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ नै थियो।
शेयरपुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४६ करोड २१ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ७५ लाख रुपैयाँ र अन्य इक्विटी ५ करोड ५२ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ३ अर्ब २५ करोड ७० लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४३ करोड ५ लाख रुपैयाँ, महाविपत्ति कोषमा १४ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६६ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङ ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।
चालु वर्षको असोजसम्म कम्पनीले ७२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ११ करोड ८३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ३४.७३ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ५९ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब १ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ४१.६२ प्रतिशतले घटेको छ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३.८२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.०५ रुपैयाँ रहेको थियो। पीई रेसियो १२५.५३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११४.०८ रुपैयाँ रहेको छ।











