IME Life New

रास्वपाको प्राथमिकतामा शेयर बजार, मौद्रिक नीतिमा दियो यस्ता ७ बुँदे सुधारवादी सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार गठनसँगै शेयर बजारमा सुधार आउने आशा लगानीकर्ता गरेका थिए। तर, लगानीकर्ताको आशाजस्तो भएन। तर, आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीति तथा कार्यक्रमका लागि रास्वपाको केन्द्रीय मुद्रा तथा पुँजी बजार विभागले पठाएको ७ बुँदे सुझावलाई हेर्ने हो भने यो पार्टीले शेयर बजारलाई प्राथमिकतामा राखेको देखिन्छ।

रास्वपाले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई आफ्नो सुझाव पठाएको छ। सुझाव शेयर बजार सुधारवादी देखिन्छ। यी सुझाव मौद्रिक नीतिमार्फत कार्यान्वयन हुने हो भने शेयर बजारको सुधारसँगै लगानीकर्ताको आत्मबल बढ्ने रास्वपाको ठहर छ।

Esewa
Crest

यस्ता छन् सुझाव

शेयर धितो कर्जा सुधार र तरलता वृद्धि

  • शेयर धितो कर्जामा कम्पनीको वित्तीय सबलताअनुसार फरक एलटीभी रेसियो निर्धारण गर्ने।
  • शेयर धितो कर्जाको सीमा कुल कर्जाको प्रवाहका आधारमा निर्धारण गर्ने।
  • बैंक तथा वित्तीय संस्थाको पुँजीबजारमा लगाइएको लगानी बन्देज व्यवस्थालाई खुकुलो गर्ने।

संस्थागत कोषहरुको सक्रिय परिचालन

  • पुँजीबजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न कमचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, म्युचुअल फन्ड, नागरिक लगानी कोषलगायतका संस्थाको बजार सहभागिता बढाउने ।

सेन्ट्रल केवाईसी तथा डिजिटल इन्ट्रिग्रेसन

  • सेन्ट्रल केवाई प्लेटफर्म लागू गरी लगानी प्रक्रिया छटो र सरल बनाउने ।
  • बैंक, मेरो शेयर र ब्रोकरबीच इन्ट्रिग्रेसन गर्ने।

अनुमान योग्य र लगानीमैत्री ब्याजदर

  • ब्याजदर करिडोर प्रभावकारी बनाउने।
  • ब्याजदरको अस्थिरता कम गरी यसलाई वैज्ञानक विधिद्वारा पूर्वानुमानयोग्य बनाउने ।

ब्रोकर मार्जिन ट्रेडिङ तथा नयाँ वित्तीय उपकरण

  • सक्षम ब्रोकरहरूलाई छोटो अविधको ऋणपत्र जारी गर्न अनुमत दिने ।
  • ब्रोकर तथा मार्जिन रिसिइभेबल्सलाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्ने।

लघुवित्तको लाभांश सीमा सुधार

  • लघु वित्त वित्तीय संस्थाको लाभांश वितरणमा लगाइएको सीमा खारेज गर्ने।

बैंक तथा वित्तीय संस्थाको सीएआर सुधार तथा कजा प्रवाह बढाउने

  • सीएआर दबाबमा भई थप व्यवसाय विस्तार गर्न नीतिगत अप्ठेरोमा परेका कम्पनीहरुलाई सहज व्यवसाय विस्तारका निम्ति आवश्यक र औचित्यका आधारमा हकप्रद शेयर जारी गर्न दिने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS