IME Life

स्थानिय निकायसँग बीमा समिति, मटिहानी नगरपालिकाले बीमाको पहुँच बढाउन नीति बनाउने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले महोत्तरीको मटिहानी नगरपालिमा बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले स्थानीय जनप्रतिनिधि सँग बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न गरेको छ । समितिले मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डरको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो । अन्तर्क्रिया कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, पत्रकार, महिला समुह, उद्योग बाणिज्य संघका प्रतिनिधि, बीमा कम्पनी तथा बैंकका शाखा प्रमुखहरु, वित्तीय संस्थाका प्रतिनिधिहरु, कृषि प्राविधिक, अगुवा कृषकहरु तथा अन्य सरोकारवालहरुको उपस्थिति थियो ।

Prabhu
Crest

कार्यक्रममा मेयर मण्डलले महोत्तरी जिल्लामै बीमाको पहुँच ५/७ प्रतिशत मात्रै भएको भन्दै यसको बृद्धिका लागि पहल गर्ने बताए । बीमा समितिले ल्याएको यो कार्यक्रम राम्रो भएको भन्दै समिति सँगको समन्वयमा पहुँच विस्तारका लागि नीति तथा कार्यक्रम बनाएर अगाडि बढ्ने मण्डलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहभागिले दाबी भुक्तानीका लागि धेरै नै समस्या शिर्जना भएको भन्दै यसका लागि सहजिकरण गरिदिन अनुरोध गरेका थिए । भैसीको बीमा गर्दा बीमा कम्पनीहरुले बास्तविक मूल्य भन्दा कममा बीमा गर्ने गरेको भन्दै सहभागिले गुनासो व्यक्त गरेका छन् ।

जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा बीमा समितिका नर्देशक दिनेश कुमार लालले बीमाको विषयमा प्रस्तुतिकरण दिएका थिए ।  कार्यक्रमको स्वागत मन्तव्य बीमा समितिका सहायक निर्देशक पुर्ण बहादुर थापाले दिएका थिए ।

बीमा समितिले स्थानीय निकायलाई कृषि बीमा, पशुपन्छि बीमा, सम्पत्ती बीमा, जीवन बीमालाई स्थानीय निकायले आफ्नो सेवा सँग जोडेर अगाडि बढ्न अनुरोध गरेको छ । पछडिएका, न्युन आय भएका वर्ग, किसान, महिला, विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिहरु, उद्योगी व्यापारी लगात सबैलाई फाइदा हुने भन्दै समितिले बीमा गर्न सबैलाई अनुरोध पनि गर्यो ।

निर्देशक लालले सहभागिलाई बीमा भनेको के हो, बीमाको प्रकार, बीमा सम्बन्धी सरकारले गरेका व्यवस्थाका विषयमा प्रकाश पारेका थिए । त्यस्तै सम्पत्तीको बीमा गर्दा आयमा ५ हजार र जीवन बीमा गर्दा २५ हजार रुपैयाँसम्म छुट हुने र बीमा गर्दा हुने फाइदाका विषयमा जानकारिमुलक प्रस्तुतिकरण दिएका थिए ।

कृषि बीमा गर्दा सरकारले प्रिमियमको ५० प्रतिशत अनुदान दिएको भन्दै लालले कृषि बीमाको लागि उत्प्रेरित गरे । दाबी भुक्तानी गर्दा अपनाउनु पर्ने प्रकृयाँदेखि आवस्यक कागपत्रका विषयमा समेत जानकारी प्रदान गरेका थिए । महोत्तरी जिल्लामै बीमाको पहुँच एकदमै कम रहेको छ । वैदेशिक रोजगारीमा गएका सहित जम्मा ७ प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेको भन्दै लालले सम्पुर्ण कम्पनीका शाखा प्रमुखहरुलाई कुर्सिमा मात्रै नबसी गाँउ गाँउ गएर बीमा गराउन निर्देशन समेत दिएका छन् ।

समितिले हिजो सोमबार जलेश्वर नगरपालिमा कार्यक्रम गरेको थियो । समितिले नियमित रुपमा अवको वर्षभरी यस्तो कार्यक्रम आयोजना गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS