IME Life New

भुटानमा ४३% ब्रोकर व्यवसाय बैंकको जिम्मामा, बीमा कम्पनीको पनि ब्रोकर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दक्षिण एशियाली मुलुक भुटानको शेयर बजारमा कार्यरत ७ ब्रोकर मध्ये ३ वटा ब्रोकरलाई बैंकले संचालन गरेका छन् । नेपालमा बैंकको सहायक कम्पनीले शेयर कारोवार गर्न विभिन्न समुहले लफडा गरेकोमा भुटानको शेयर बजारमा भने तीनवटा बैंकका सहायक कम्पनी मार्फत शेयर कारोवार भएको छ।

रोयल सेक्युरिटिज एक्सचेञ्ज भुटानको आधिकारिक वेवसाइटको आधारमा भुटानमा ३ वटा ब्रोकर बैंकले , एउटा इन्स्योरेन्स कम्पनीले  संचालन गरेका छन् भने  बाँकी ३ वटा ब्रोकर स्वतन्त्र निजी कम्पनी हुन् ।

Esewa
Crest

भुटान नेशनल बैंकको बीएनबी सेक्युरिटिज, भुटान डेभेलप्मेण्ट बैंकको बिडीबी सेक्युरिटिज, बैंक अफ भुटानको बीवोबी सेक्युरिटिज छन्।

रमाइलो कुरा के भने एउटा बीमा कम्पनीले शेयर ब्रोकर चलाएको छ। आरईसीबी सेक्युरिटिज रोयल इन्स्योरेन्स कर्पोरेशन अफ भुटानले चलाएको छ।

भुटानका शेयर बजारमा कारोवार हुने कम्पनीलाई आधार मान्दा भुटान नेशनल बैंकको बजार पुँजीकरण सबै भन्दा धेरै छ।  भुटान नेशनल बैंकले बीएनबी सेकुरिटीज संचालनमा ल्याएको छ।

नोट : BNBL अर्थात भुटान नेशनल बैंक

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS