IME Life

तेश्रो त्रैमासमा राष्ट्रिय बीमा संस्थानको नाफा १२२ प्रतिशतले बढ्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खवर/काठमाडौंः सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक तेश्रो त्रैमासमा १ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १२२ दशमलव ७२ प्रतिशतले बढी हो । गतवर्षको सो अवधिमा कम्पनीले ६६ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो ।

१८ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा तथा कोषमा १६करोेड ४७ लाख रुपैयाँ र जीवन बीमा कोषमा १४ अर्ब ०३ करोड ९६ लाख रुपैयाँ राखेको छ । कम्पनीले जीवन बीमा कोष गतवर्षको सो अवधिको तुलनामा २५ प्रतिशतले बढाएको हो ।

Crest

समिक्षा अवधिमा कम्पनीले २ करोड ७७ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ भने १ करोड ३० लाख ६६ हजार रुपैयाँ खर्चेको छ । यो अवधिमा कम्पनीले २ अर्ब ३३ करोड ८२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्षको तेस्रो त्रैमासिक अवधिको तुलनामा १७ दशमलव २० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको थियो ।

त्यसैगरी यो अवधिमा कम्पनीले २ अर्ब ६० करोड १७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत बर्षको यसैअवधिमा २ अर्ब ९३ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS