IME Life New

७ बैंकले सि-आस्बा शुल्क नलिने, कुन कुन हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पनि आस्वा शुल्क नलिने भएको छ । बैकले एक सुचना जारी गर्दै अबदेखि आइपीओ भर्दा सि आस्वा शुल्क नलिने जनाएको हो । अव लगानीकर्ताले उक्त कम्पनीको कुनै पनि खाताबाट प्राथमिक शेयर, हकप्रद शेयरलगायतका विभिन्न धितोत्रत्रमा आवेदन दिँदा कुनै पनि शुल्क तिर्नु पर्दैन ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्डले सी–आस्बा सेवाको शुल्क अधिकतम ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले धमाधम सि आस्वा शुल्क नलिने घोषणा गर्दै आएका छन् ।

यसअघि कम्पनीले सिआस्वा शुल्क १० रुपैयाँ लिने गरेको थियो । यस कम्पनीसँगै आस्वा शुल्क नलिने बैंकको संख्या ७ पुगेको छ । सानिमा बैंक, कुमारी बैंक, नबिल बैंक,एनआईसी एशिया बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सि आस्बा शुल्क लिदैनन् ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिक शेयरमा आवेदन गर्दा शेयर परे पनि नपरेपनि सर्वसाधारणबाट प्रति आवेदन १० देखि २० रुपैयाँसम्म शुल्क लिंदै आएका छन् । तर पछिल्लो समयमा थोरै संख्यामा शेयर जारी हुने र ठूलो संख्यामा आवेदन पर्ने भएको हुँदा आवेदन नपर्ने ग्राहकले समेत अनावश्यक रुपमा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रत्येक पटक सेवा शुल्क भुक्तानी गरिरहनु परेको भन्दै सर्वसाधारण लगानीकर्ताहरुले संगठितरुपमै निःशुल्क सेवा प्रदान गर्नको लागी नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेका थिए । सोही अनुरुप यी बैंकले आफ्ना ग्राहकहरुलाई आइपीओ भरे वापतको आश्वा शुल्क नलिने जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS