IME Life New

४३ औं सार्कफाइनान्स गभर्नर मिटिङ एण्ड सिम्पोसिसम २०२३ मा गभर्नर अधिकारीको सहभागीता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाकिस्तानको इस्लामाबादमा आयोजित ४३ औं सार्कफाइनान्स गभर्नरस मिटिङ एण्ड सिम्पोसिसम २०२३ मा नेपालको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी सहभागी भएका छन् । दुईदिने उक्त कार्यक्रमको पहिलो दिन गभर्नर अधिकारीले विश्व अर्थव्यवस्थामा उत्पन्न असहजताले निम्त्याएको चुनौतीका बाबजुद नेपाल समग्र आर्थिक स्थायित्व कायम गर्न सफल भएको उल्लेख गर्दै मुलुकको आगामी आर्थिक परिदृश्यबारे चर्चा गरेका थिए ।

सो अवसरमा उनले नेपालको वित्तीय क्षेत्र सबल रहेको र पछिल्लो समसयमा तरलता तथा ब्याजदरमा देखिएको असहजता विस्तारै कम हुँदै गएको बताए । उक्त बैठकमा माल्दीभ्स, पाकिस्तान र श्रीलङ्का केन्द्रिय बैंकका गभर्नरहरुले कोभिड सङ्कटका साथै रुस युक्रेन युद्धबाट सिर्जित भू–राजनितिक तनावका कारण मूल्य र बाह्य क्षेत्रमा देखिएको चुनौती तथा त्यसको समाधानका लागि अवलम्वन गरिएका उपाय र आगामी आर्थिक परिदृश्यका सन्दर्भमा चर्चा गरेका थिए । बैठकमा सार्क क्षेत्रका केन्द्रिय बैंकहरुको सहकार्यमा भइरहेको प्रगति तथा आगामी दिनमा हुनुपर्ने सहकार्य लगायतका एजेण्डामा छलफल भएको थियो ।

Esewa
Crest

दोस्रो सत्रमा बैंकका उप निर्देशक सिद्धराज भट्टले नेपाल राष्ट्र बैंकको नेतृत्वमा सम्पन्न प्रोस्पेक्ट अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी इन द सार्क रिजन विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए । उक्त अवसरमा स्टेट बैंक अफ पाकिस्तानका निर्देशक डा.एम फरोक अरबीले उक्त बैंकको नेतृत्वमा सम्पन्न द युज अफ अनकन्भेन्सनल पोलिसी इन्सटुमेन्ट बाइ साउथ एशिया सेन्ट्रल बैंक विषयक अध्ययनको नतिजा प्रस्तुत गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन आयोजना गरिएको क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङ इनिसियटिभ एण्ड आउट लुक इन साउथ एशिया विषक सेम्पोसिसममा बैंकका निर्दशक नारायणप्रसाद पोख्रेलले क्लाइमेट चेन्ज एण्ड ग्रिन फाइनान्सिङ इन नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त बैठकमा अन्य सार्क मुलुकका प्रतिनिधिले समेत आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS