IME Life New

३ लघुवित्तले एकैदिन घोषणा गरे लाभांश, कुनले कति दिने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विभिन्न लघुवित्तले एकैदिन लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गर्नेमा, सपोर्ट लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था र इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्ता पूँजी ४१ करोड ४५ लाख १३ हजार २८४ रुपैयाँको २० प्रतिशले हुन आउने ८ करोड २९ लाख २ हजार ६५६ कित्ता शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

Esewa
Crest

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ कित्ता बोनस शेयर र १ प्रतिशतले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभाशं उपलब्ध गराउने जनाएको छ ।

साथै, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पूँजी ८ करोड ५८९ लाख रुपैयाँको ११ प्रतिशतले हुन आउने ९४ लाख ३८ हजार कित्ता बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । यसैगरी ० दशमलव ५७८९४७३७ प्रतिशतले हुन आउने ४ लाख ९६हजार ७३६ रुपैयाँ नगल लाभांश वितरण गर्ने कम्पनलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS