IME Life New

२६ प्रतिशतले घट्यो बैदेशिक रोजगार बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ठूलो कम्पनीले घटाए बैदेशिक बीमा

गत आर्थिक बर्ष २०७४/७५ मा बैदेशिक रोजगार (म्यादी) जीवन बीमा २६ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्ममा बैदेशिक रोजगार बापत कम्पनीहरुले १ अर्ब ८९ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीहरुले बैदेशिक रोजगार जीवन बिमा बापत २ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेका थिए ।

Esewa
Crest

करिब ९५ प्रतिशतले घट्यो नेपाल लाईफको बैदेशिक बीमा गत आवमा लाईफ इन्स्योरेन्स कम्पनीको बैदेशिक रोजगार बीमा सबैभन्दा धेरैले घटेको छ । उक्त कम्पनीले गत आवको असारमसान्तसम्ममा बैदेशिक बीमा बापत १ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा यो रकम ९५ प्रतिशतले कम हो । अघिल्लो आवमा भने कम्पनीले बैदेशिक बीमा बापत ३४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
आधाले घट्यो एलआईसीको बैदेशिक बीमा
त्यस्तै नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय घटेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीले यस्तो बीमा बापत ३४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा आधाले कम हो । अघिल्लो आवमा कम्पनीले बैदेशिक रोजगार बीमा बापत ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

नेशनल लाईफको १६ प्रतिशतले घट्यो
नेशनल लाईफ इन्स्योेरेन्स कम्पनीको बैदेशिक बीमा व्यवसाय १६ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्ममा कम्पनीले बैदेशिक रोजगार बीमा बापत ६० करोड ३२ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेका छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले ५१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, सूर्या लाईफ इन्स्योरेन्सको ७ प्रतिशतले घटेको छ भने गुराँश लाईफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव १० प्रतिशतले घटेको छ । प्राईम लाईफ इन्स्यारेन्सको बैदेशिक रोजगार बीमा व्यवसाय भने करिब १० प्रतिशतले घटेको छ ।

नयाँ कम्पनीले ८८ करोड ८३ लाख आम्दानी गरे बैदेशिक रोजगार बिमाबाट नयाँ जीवन बीमा कम्पनीहरुले भने बैदेशिक रोजगार म्यादी जीवन बीमा बापत ८८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नयाँ कम्पनीमध्ये युनियन लाईफले सबैभन्दा बढी २६ करोड ८९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । त्यस्तै, सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीले २२ करोड ५१ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ । रिलायवल लाईफ इन्स्योरेन्स भने २१ करोड ९० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS