IME Life New

२५ हजार कर्मचारीलाई करोडपति बनाउने कम्पनीमा गहिरो संकट, १ महिनामा १ खर्ब डलर स्वाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी एआई चिप निर्माता एनभिडियाका लागि यो वर्ष धेरै हिसाबले ऐतिहासिक रह्यो। यस अवधिमा कम्पनीले एकै दिनमा सबैभन्दा बढी बजारपुँजी हासिल गर्ने कीर्तिमान बनाएको थियो र केही समयका लागि यो विश्वकै मूल्यवान कम्पनी पनि बन्यो। यो गतिसँगै कम्पनीका करिब २५ हजार कर्मचारी करोडपति बने।

कम्पनीको शेयरभाउ विगत ५ वर्षमा २ हजार ६०० प्रतिशतले बढेको छ। तर, यो वर्ष कम्पनीको नाममा केही नचाहेको रेकर्ड पनि टाँसिएको छ। यो एक दिनमा सबैभन्दा धेरै बजारपुँजी गुमाउने कम्पनी पनि बनेको छ। यसको बजारपुँजी १ महिनाभन्दा कम अवधिमा १ ट्रिलियन डलरले घटेको छ।

Esewa
Crest

एनभिडियाको शेयर मंगलबार ९ प्रतिशतभन्दा बढीले घट्यो र यसको बजारपुँजी २७९ अर्ब डलरले घट्यो। यो विश्वको कुनै पनि कम्पनीको बजारपुँजीमा एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो। यसअघि यो रेकर्ड फेसबुकको मूल कम्पनी मेटाको नाममा थियो। जसले फेब्रुअरी ३, २०२० मा २५२ अर्ब डलर गुमाएको थियो।

अमेरिकी न्याय विभागले एनभिडियाविरुद्ध एन्टी ट्रस्ट अनुसन्धानको दायरा बढाएको छ। कम्पनीले आफ्नो चिप्स प्रयोग नगर्ने ग्राहकलाई हैरानी गरिरहेको अधिकारीहरुले बताएका छन्। जसका कारण कम्पनीको शेयरमा भारी गिरावट आएको छ।

कम्पनीको शेयरमा आएको गिरावटका कारण संस्थापक र सीईओ जेन्सेन हुआङको नेटवर्थ पनि १० अर्ब डलरले घटेको छ। हुआङ ९३.४ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा १८ औँ स्थानमा झरेका छन्। यो वर्ष उनको कुल सम्पत्ति ४९.४ अर्ब डलरले बढेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS