IME Life New

२०औं वार्षिकोत्सव मनाउँदै मेट लाइफ, ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिर महिनामा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेदेखि नै मेट लाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देश भरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने“संसार परिवर्तिनशील छ र निरन्तर परिवर्तन भइरहन्छ । यस परिवर्तनशील संसारमा एउटै स्थिर कुरा भनेकोे नेपालमा बसोबास गर्ने व्यक्ति, परिवार र समुदायलाई थप आत्मविश्वासी भविष्य निर्माण गर्न मद्दत गर्ने मेटलाइफको प्रतिबद्धता रहेको छ।” उनले नपालमा मेट लाइफको २०औं सफल वर्षोत्सव मनाइरहँदा आफ्नो जीवनको हिस्सा बनाउने कम्पनीका ग्राहकहरु प्रति कृतज्ञता व्यक्त गरे भने कम्पनीलाई ग्राहकहरु प्रति गुणस्तरीय सेवा तथा उत्कृष्ट अनुभव प्रदान गर्न प्रोत्साहन तथा सक्षम बनाउन सहयोग गर्ने बीमा क्षेत्रका नियामक संस्थाहरु, खटिएका कर्मचारी तथा एजेन्टहरु, तथा अन्य व्यापार साझेदारहरुलाई पनि धन्यवाद व्यक्त गरे ।

Esewa
Crest

यसरी मेट लाइफले देशको जीवन बीमा क्षेत्रको विकासमा अग्रणी भूमिका खेल्दै आफ्ना ग्राहकहरुमाझ अझ उत्कृष्ट सुरक्षा योजनाहरुका साथै प्रविधिमय अनुभवहरुको निरन्तर विकासमा अग्रसर रहिरहने उपाध्यक्ष तथा महाप्रबन्धक श्रेष्ठले बताए ।

विगत २० वर्षमा मेट लाइफ नेपालले २५० करोडभन्दा बढीको दाबी भुक्तानी, रोजगार तथा तालिमका अवसरहरु मार्फत ४० हजारभन्दा बढी पेशाको श्रृजना, २,००० करोडको जीवन बीमा कोष तथा २७४ करोडको जगेडा कोषको स्थापना गरि वित्तीय स्थायित्व कायम गरिसकेको छ । हाल मेट लाइफले नेपालमा १४ लाखभन्दा बढी ग्राहकहरुलाई जीवन बीमा सुरक्षण प्रदान गरिरहेको छ ।

मेट लाइफले सँधैं व्यापारमा मात्र नभई आफ्ना ग्राहक, समुदाय र समाज कल्याणमा सकारात्मक प्रभाव पार्नस्क्ने प्रयासहरु गर्दै आएको छ भने नेपालको बीमा क्षेत्रमा थुप्र्रै नवीनतम् कार्यहरु मार्फत आफ्नो नेतृत्वको स्थान पनि स्थापित गरेको छ ।

मेट लाइफले गरेको काम
देशमा बीमा विशेषज्ञताको विकास गर्न सन् २००२ मा कर्मचारी र एजेन्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको जीवन बीमा प्रशिक्षण प्रदान गर्ने पहिलो बीमा कम्पनी ।

सन् २००३ मा पहिलो पटक शिक्षा सुरक्षा योजना शुरुवाता गरि बच्चा र अभिभावक दुवैका लागि बीमा सुरक्षा प्रदान गर्ने पहिलो बीमा कम्पनी ।

सन् २००९ मा लघुबीमा लागू गर्ने पहिलो बीमा कम्पनी र सन् २०१५ को भूकम्पको समयमा दावी भुक्तानी गर्ने पहिलो र सबैभन्दा धेरै दाबी भुक्तानी गर्ने पहिलो बीमा कम्पनी,स्तर र पाठेघर क्यान्सर लगायत महिलाहरुलाई असर गर्ने प्रमुख गम्भिर रोगहरुमा सुरक्षा प्रत्याभूत गर्ने महिलाहरुको लागि विशेष सुरक्षा योजना “लाइफकेयर” शुरुवात गर्ने पहिलो बीमा कम्पनी ।

साथै, ग्राहकहरुका लागि अनलाइन प्रिमियम भुक्तानी सुविधा प्रदान गर्ने पहिलो बीमा कम्पनी । यस बाहेक मेटलाइफले आफ्ना ग्राहक र साझेदारहरुलाई समग्ररुपमा सहज प्रविधिमैत्री अनुभव प्रदान गर्नका लागि डिजिटल सेल्स प्लेटफर्म  ग्राहक सेवाका लागि मोबाइल एप र दाबी जानकारीका लागि अनलाइल दाबी सूचना जस्ता पहलहरुको पनि विकास गरेको छ ।

मेट लाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS