IME Life New

११.९९% निश्चित ब्याजदरमा गरिमा विकास बैंकले एसएमई आवधिक र घर कर्जा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ११ दशमलव ९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ।

कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमर्ई कर्जाको ब्याज ७ वर्षसम्म निश्चित ११.९९ प्रतिशत रहने बैंकले जनाएको छ। ११.९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नका लागि गरिमा सरल घर कर्जा र व्यवसाय÷उद्यम सुरुआत वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहकले आफूलाई पायक पर्ने गरिमा विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नसकिनेछ।

Esewa
Crest

हाल गरिमा विकास बैंकले देशभर १२१ शाखा कार्यलय, ५० एटीएम र डिजिटल बैंकिङमार्फत ग्राहकलाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS