IME Life New

हिमालयन लाइफले झापाबाट फुक्यो बीमा जागरण अभियानको बिगूल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले झापाको बिर्तामोडबाट देशव्यापी बीमा जागरण अभियानको शुभारम्भ गरेको छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत मनोज लाल कर्ण र बिर्तामोडका उपमेयर नगेन्द्र प्रसाद संग्रौलाले शुक्रबार एक औपचारिक कार्यक्रमका बीमा अभियानको संयुक्त उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सर्वसाधारणसम्म बीमाको लाभमा पुर्याउन आवश्यक भएकाले बीमा कम्पनीले गाउँ गाउँसम्म अभियान लिएर जानुपर्ने धारणा व्यक्त गरे । उपप्रमुख संग्रौलाले जागरण अभियानका लागि इन्स्योरेन्सले थालेको पहलको प्रशंसा गर्दै सर्वसाधारणलाई बीमाको दायरामा समेट्न सबै पक्षको हातेमालो जरुरी भएको बताए ।

Esewa
Crest
बिर्तामोडमा आयोजित बीमा जागरण अभियान उद्घाटन कार्यक्रममा सहभागिहरु

प्राधिकरणका निर्देशक दिनेश कुमार लालले बीमा क्षेत्रको विश्वसनीयता बढाउन सबै पक्षको इमान्दारीपूर्ण सकृयता आवश्यक रहेको विचार व्यक्त गरे । कार्यक्रमको अवसरमा हिमालयन लाइफका प्रमुख कार्यकारी अधिकृत कर्णले बीमा सम्बन्धमा सर्वसाधारणमा सचेतना फैलाउनका लागि देशका सबै ७७ वटै जिल्लामा अभियानकै रुपमा जागरण अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोद पोखरेल, हिमालयन लाइफका भुपराज पराजुली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, चेम्बर अफ कमर्श बिर्तामोडका अध्यक्ष ओम प्रसाद बिमली, उवा संघ बुद्धशान्ति नगरका अध्यक्ष चन्द्र उप्रेती लगायतले अभियान सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%
happy

खुसी

0%
sad

दु :खी

10%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS