IME Life New

हिमालयन लाइफको व्यापार सवा ४ अर्ब माथि, २१% ले बढ्यो जीवन बीमा कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा कम्पनीले २५ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २४ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नाफा ५.१२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब २७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ४ अर्ब ३८ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कुल बीमाशुल्क २.३५ प्रतिशतले घटेको छ।

प्रथम त्रैमासमा कम्पनीले ४ अर्ब १७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कमपनीले ४ अर्ब २२ करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। खुद बीमाशुल्क १.३५ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ५५ अर्ब ५० करोड १८ लाख रुपैयाँ रहेको थियो। जीवन बीमा कोषको आकार २१.०३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ५१ करोड २७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४२ करोड १३ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड २५ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.६६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस १२.०४ रुपैयाँ थियो। पीई रेसियो ३९.४८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३८.९९ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS