IME Life New

हिमालयन लाइफः नातावाद र कृपावादको विरोधमा उत्रिए कर्मचारी, कडा रुपमा प्रस्तुत हुने चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीले कम्पनीमा नातावाद र कृपावादको प्रवृत्ति अन्त्य गर्न माग गरेका छन्। त्यस्तो प्रवृत्ति अन्त्य नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी उनीहरुले दिएका छन्।

हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले एक ध्यानाकर्षणपत्र जारी गर्दै यस्तो चेतावनी दिएको हो। संघका अध्यक्ष हरिबहादुर खड्काद्वारा जारी ध्यानाकर्षणपत्रमा मर्जरपश्चात पनि प्रादेशिक कार्यालयमा उपयुक्त कार्य संस्कृति स्थापित नभई नजिक र प्रिय नातावाद तथा कृपावाद अझै कायम रहिरहुनु र सम्बन्धित नेतृत्व सबै कुराको जानकारीका बाबजुत पनि मुकदर्शक भई यस्ता गतिविधि गर्नेलाई केही पनि नगरि छुट दिने कार्य भइरहेको उल्लेख छ। ‘यस्तो अवस्थामा कम्पनीमा सुशासन, अनुशासन र असल संस्कृति निमार्णका लागि यस्ता व्यक्तिविरुद्ध खडा हुने छौँ’, ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अब उपरान्त पनि नेतृत्व तहबाट यस्ता अनुचित क्रियाकलाप बन्द नभएमा संघ व्यक्तिविशेषको नाम नै उल्लेख गरी त्यस्ता व्यक्तिहरुविरुद्ध कडा रुपमा प्रस्तुत हुने र यसबाट सिजना हुने जुनसुकै परिणामको सम्पूर्ण जिम्मेवारी प्रमुख कार्यकारीको हुने कुराको ध्यानाकर्षण गराउँदछौँ।’

Esewa
Crest

कम्पनीको उच्च व्यवस्थापनबाट लिइएका कमजोर व्यावसायिक रणनीति, नीति तथा योजना, कर्मचारी तालिम तथा उत्प्रेरणासंग सम्बन्धित निर्णय, दीर्घकालीन दृष्टि, असल तथा भेदभावरहित कार्य वातावरणजस्ता कुरामा आवश्यक सुधार गर्नसमेत संघले उच्च व्यवस्थापनको ध्यानाकर्षण गराएको छ।

यस कम्पनीलाई नेपालको बीमा बजारमा सर्वोत्कृष्ट जीवन बीमा कम्पनीका रुपमा स्थापित गराउन कम्पनीको व्यवस्थापन, कर्मचारीलगायत सम्पूर्ण सरोकारवाला निकायको सहकार्य र भूमिका महत्वपूर्ण रहने कुरा निर्विवाद नै रहेको संघले जनाएको छ। ‘यसै क्रममा कम्पनीमा सुधार गर्नुपर्ने कार्य र भइरहेका नराम्रा गतिविधिका विषयमा यस संघले विभिन्न समयमा कम्पनीको हितको निमित्त उच्च व्यवस्थापनलाई ध्यानाकर्षणपत्रमार्फत जानकारी उपलब्ध गराउँदै आएको पनि स्मरण गराउन चाहन्छौँ’, संघले भनेको छ।

आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले निर्दिष्ट गरेको व्यावसायिक लक्ष्य हासिल गर्न कम्पनी सफल नभएको संघले उल्लेख गरेको छ। ‘उच्च व्यवस्थापनले दीर्घकालीन सोचका साथ कुनै पनि व्यावसायिक योजनाहरु उचित समयमा जारी गर्नुपर्दछ’, ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘साथै, योजनाहरुमा अधिकतम सहभागीहरु छनौट गराउन पनि उत्प्रेरणात्मक भूमिका खेल्नुपर्ने हुन्छ। कुनै पनि बजारीकरण गर्ने कर्मचारीको व्यावसायिक उपलब्धि विश्लेषण गर्दा कम्पनीले आफ्नो वार्षिक लक्ष्यमा हासिल गरेको उपलब्धिसँग विश्लेषण गर्दा उपयुक्त हुन्छ। साथै, प्रादेशिक संरचनाअन्तर्गत रहेका नेतृत्व तहको भूमिकालाई पनि महत्वका साथ विश्लेषण गर्नुपर्दछ।’

कम्पनीको प्रगति र विकासमा कर्मचारीले संस्थागत रुपमा ट्रेड युनियका माध्यमबाट उल्लेख्य सहयोग गर्नुका साथै कर्मचारीको हकहितको संरक्षण र सम्बर्द्धन गर्ने पवित्र उद्देश्यबाट संघ स्थापना भई क्रियाशील रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

48%
happy

खुसी

13%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS