IME Life New

हिमालयन लघुवित्त १२औं वर्षमा प्रवेश, गर्यो विविध कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८० असार २१ गतेबाट नाम परिवर्तन गरी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) भएको छ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड साविक सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० असार २१ गते आफ्नो स्थापनाको ११औं वर्ष पुरा गरी १२ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्थानमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।

वित्तीय संस्थाले प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएकोमा यस पटक पनि रक्तदान कार्यक्रम सञ्चालन, सामुदायिक विद्यालयहरुमा छात्राछात्रहरुलाई शैक्षिक सामग्री वितरण, बिपन्न वर्गको आयआर्जन अभिवृद्धि सम्बन्धी कार्यक्रम सञ्चालन, समुदायमा डस्टबिन वितरण तथा सरसफाई लगायतका कार्यक्रमहरु आयोजना गरी ११ औं वार्षिकोत्सव मनाएको जनाएको छ ।

Esewa
Crest

कम्पनीका अनुसार नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा वित्तीय संस्थाले सुनसरी जिल्लाको झुम्का बजारमा वृहत खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरेकोमा करिब ४५ जना सहभागीले रक्तदान गरेका थिए । यसैगरी संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत दलीत तथा बिपन्न वर्गका करिब ५२४ जना छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

विभिन्न जिल्ला स्थित वडा कार्यालय मार्फत डस्टबिन वितरण, वृक्षारोपण तथा सरसफाई कार्यक्रम समेत आयोजना गरिएको कम्पनीले जनाएको छ । यसका साथै, संस्थाले कलैया जिल्लाको प्रसिद्ध गढीमाइ मन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरेको छ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS