IME Life New

हिमालयन डिस्टिलरीको लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन डिस्टिलरीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (मंसिर १७ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअनुसार १० प्रतिशत बोनस शेयर र प्रतिचुक्ताशेयर १५ रुपैयाँ नगद लाभांश (करसहित) रहेका छन्।

Esewa
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले २३ औँ वार्षिक साधारणसभा आउँदो पुस २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पर्साको वीरगन्ज–२१ लिपनिविर्तास्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १३ गतेअघिसम्म कायम शेयरधनीहरु लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS