IME Life New

हावामा ५ लाख स्क्वायर फिटमा फैलिएको रिसोर्ट बनाउँदै दुबई, लगानी ७६ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुबई यसको विलाशी जीवनशैली र विलाशी स्काई स्क्र्यापरहरुका लागि परिचित छ। विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफासहित यहाँ धेरै सुन्दर भवन र रिसोर्ट छन्। अब दुबईमा अर्को अनौठो रिसोर्ट बन्न लागेको छ।

दुबईमा हावामा विलासी रिसोर्ट निर्माण गर्ने घोषणा गरिएको छ। चाँडै जाबिल पार्कमा ‘थर्मे दुबई’ नामक विश्वकै अग्लो रिसोर्टको निर्माण सुरु हुँदैछ। यो आफैँमा वास्तुकलाको एक अद्भुत उदाहरण हुनेछ। यो भव्य रिसोर्ट १०० मिटरको उचाइमा बनाइनेछ।

Esewa
Crest

यस रिसोर्टको थ्रीडी भिडियो सामाजिक सञ्जालमा शेयर गरिएको छ। यस भिडियोमा, भविष्यको यो विलासी रिसोर्टको झलक देखाइएको छ। यसको भित्री र बाहिरी संरचना कस्तो हुन्छ, कति ठूलो हुन्छ, कस्ता विशेषता हुन्छन्, यी सबै कुरा यसमा देखाइएको छ। यो रिसोर्ट २०२८ मा खुल्दैछ।

दुबईका राजकुमार शेख हमदान बिन मोहम्मद बिन रसिद अल मकतूमले यो मिड एयर रिसोर्ट निर्माणको घोषणा गरेका छन्। यो रिसोर्ट ५ लाख वर्ग फिट क्षेत्रफलमा फैलिनेछ। यसमा ‘पुनस्र्थापना, विश्राम र खेलकुद’ मा केन्द्रित हुने तीनवटा क्षेत्र हुनेछन्। यसमा अन्तरक्रियात्मक बगैचा पनि हुनेछ।

राजकुमार शेखले यो अभिनव परियोजनाले सहरी जैविक विविधता, वातावरणीय दिगोपन र दुबईका बासिन्दा र पर्यटकका लागि अद्वितीय अनुभव सिर्जना गर्ने आफूहरुको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताए। यो रिसोर्ट २०२८ सम्म तयार हुनेछ र मानिसहरूको लागि उपलब्ध हुनेछ।

खलिज टाइम्सको रिपोर्ट अनुसार सरकारले नयाँ ल्यान्डमार्कको विकासका लागि २ अर्ब दिर्हाम (७६ अर्ब रुपैयाँ) विनियोजन गरेको छ।

रिसोर्टमा अन्तरक्रियात्मक पार्क र विश्वको सबैभन्दा ठूलो इनडोर बोटानिकल गार्डन पनि हुनेछ र वार्षिक १७ लाख आगन्तुकलाई सेवा दिनेछ।
यो रिसोर्ट दुबई गुणस्तर जीवन रणनीति २०३३ अन्तर्गत योजना गरिएको छ। यसको उद्देश्य दुबईलाई बस्नको लागि संसारको सबैभन्दा राम्रो शहर बनाउनु हो। यस परियोजनामा २०० भन्दा बढी पार्कको विकास, समुद्र तटमा साइकल ट्रयाक विस्तार, रात्रि पौडी खेल्ने, समुद्र तटको लम्बाइ बढाउने र महिलाका लागि मात्रै नयाँ समुन्द्री किनारा तोकिएको छ।

परियोजनाको मुख्य भागका रुपमा प्रत्येक आवासीय समुदायमा ल्यान्डस्केप र विशिष्ट वास्तुकला प्रवेशद्वार पनि हुनेछन्। तीन हजारभन्दा बढी रुख र बिरुवा रोपिनेछ। यो सन् २०२४ मा दुबईमा रोपिएका २ लाख १६ हजार ५०० रूखको अतिरिक्त हो, जुन २०२३ भन्दा १७ प्रतिशत बढी हो। यसको अर्थ गत वर्ष दैनिक औसत ६०० रुख रोपिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS