IME Life New

हालसम्म ६ बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लागि हालसम्म ६ वटा बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमध्ये चार वटा निर्जीवन बीमा रहेका छन् भने दुई वटा जीवन बीमा कम्पनी रहेका छन् । हालसम्म सिटिजन लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, यूनाइटेड अजोड इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका हुन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले पहिलोपटक लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको संचिती मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले हाल कायम ३ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ०२६३२ प्रतिशत नगद गरी कुल ५ दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Esewa
Crest

हिमालयन एभरेष्ट इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँबराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँबराबरको नगद लाभांश (करसहित( रहेको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँबराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ।

यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी
यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट कुल १० दशमलव ८०१३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० दशमलव २६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एनएलजी इन्स्योरेन्स कम्पनी
यस कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाखको ५ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव २८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

नेपाल इन्स्योरेन्स कम्पनीले भने साधारण सभा समेत सम्पन्न गरी प्रस्तावित लाभांश अनुमोदन गरिसकेको छ । सिटिजन लाइफले पनि लाभांश र वार्षिक साधारणसभा प्रयोजनका बुक क्लोज गरिसकेको छ । कम्पनीले सभा माघ १४ गते आयोजना गर्ने भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने बुक क्लोज मिति तय गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि माघ १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

रिलायबल नेपाल लाइफले भने साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। सातौं वार्षिक साधारण सभा माघ २९ गते, गर्ने भएको छ ।

यूनाइटेड अजोड र एनएलजी इन्स्योरेन्स कम्पनीले भने बुक क्लोज मिति तय गरेको छैन् । त्यसकारण लाभांश घोषणा गरेका ६ कम्पनीमध्ये अब चार कम्पनीको शेयर किन्नेले प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS