IME Life New

हानपाससँग नेपाल रेमिटको सम्झौता, नेपालीले सहजै रकम पठाउन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अत्यन्तै सहज हुने भएको छ ।

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किम क्यूङ हुनबीच सम्झौता भएको हो ।

Esewa
Crest

सम्झौतासँगै अब नेपालीहरूले नेपाल रेमिट मार्फत कोरियाको रेमिट्यान्स् एजेन्टबाट मात्र नभइ मोर्बाइल एप, मोबाईल वालेटबाट नेपालका कुनैपनि बैंक खाता तथा नेपालमा सञ्चालनमा रहेका ११ वटा भन्दा बढि वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् । मोबाईल एप तथा वालेटबाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि कोरियामा रहेका नेपालीहरूले आफु काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएपछि समय र खर्च दुबैको बचत हुनेछ ।

सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भन्नुभयो ‘हानपासजस्तो बहुप्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा हामीलाई एकदम गर्व लागेको छ । अबदेखि नेपालीले नेपाल रेमिट मार्फत छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रूपमा नेपालमा रकम पठाउन सक्नेछन् ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विगत १७ वर्ष देखि नेपालमा विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशमा रहेका रेमिट्यान्स् कम्पनीसँगको सहकार्यमा नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले नेपालभर रहेका नेपाल रेमिटका १५ हजार भन्दा बढि एजेन्टबाट रकम प्राप्त गर्न थप सहजिकरण हुनुका साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

हानपास कोरिया तथा विश्वव्यापी ठुलो सन्जाल भएको कोरियन कम्पनी हो । यसले नेपाल सँगसङै अन्य देशमा अत्याधुनिक प्रविधिबाट रेमिट्यान्स् पठाउन सकिने व्यवस्था मिलाएको छ । दक्षिण कोरियाको राजधानी साउलमा मूख्यालय रहेको हानपासले थोरै सेवा सुल्कमा रेमिट्यान्स् सेवा दिने भएकाले नेपालीलाई धेरै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS