IME Life New

हरित प्रवर्द्धन कार्यक्रमलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो १ लाख सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको हरित प्रवर्द्धन कार्यक्रमलाई सहयोग गरेको छ। धनगढी उपमहानगरपालिकाले प्रारम्भ गरेको धनगढीको हरियाली कार्यक्रमलाइ साथ दिदैँ बैंकको सुदुरपश्चिम प्रदेशका प्रमुख मेघराज पोख्रेल र धनगढी शाखा प्रमुख रबिन्द्र शाहीले २० वटा बिरुवा बराबर एक लाख रुपैयाँको चेक सोमवार मेयर गोपाल हमाललाई हस्तान्तरण गरेका हुन्।

उनले दोस्रो चरणको ‘हरित धनगढी’ अभियान अन्तर्गत सहयोग रकम हस्तान्तरण गरेका छन्। धनगढी उपमहानगरपालिकाले अघि सारेको हरित धनगढी अभियानमा साथ दिने व्यक्ति तथा संघसंस्थाको सहभागिता बढ्दै गएको छ।

Esewa
Crest

धनगढी उपमहानगरपालिकाले दोस्रो चरणमा ६ लेन सडकका दायाँ र बाँया तिर बिरुवा रोप्न थालेको छ। उपमहानगरपालिकाले नागरिकको सहभागितामा वृक्षारोपणको कार्यक्रम अगाडि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS