IME Life New

स्वास्थ्य बीमा दाबीमा अस्पतालले घाेटाला गर्न थालेपछि एकजुट हुँदै बीमा कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतीय बीमा बजारमा स्वास्थ्य बीमा मार्फत् फर्जी कागज प्रमाणकाे आधारमा दाबी गर्ने प्रवृत्ती बढ्दै गएपछि नियन्त्रणका लागी निर्जीवन बीमा कम्पनीले गठबन्धन बनाएका छन् । निर्जीवन बीमा कम्पनीहरुले सबै खाले स्वास्थ्य बीमाकाे दाबी साझा दाबी भुक्तानी प्रणाली मार्फत् मात्र गर्ने गरी विद्युतीय सूचना प्रणालीकाे विकास गर्नका लागी आपसी समझदारी गरेका हुन् ।

विशेषगरी स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्दा नक्कली उपचारकाे कागजपत्र तयार पार्ने र बिरामीलाई आवश्यक नै नपर्ने औषधी उपचारवापतकाे खर्च दाबी गर्ने प्रवृत्ती चुलिएपछि नियन्त्रणका लागी निर्जीवन बीमा कम्पनीहरु गठबन्धन बनाउन बाध्य भएका हुन् ।

Esewa
Crest

“स्वास्थ्य बीमा अन्तर्गत आबद्ध स्वास्थ्य संस्थाहरूले ३० वटा निर्जीव बीमा कम्पनीसँग छुट्टै व्यवहार गर्नुपर्ने मुख्य समस्यालाई सम्बोधन गर्नेछ। यसकाे प्रयाेगले स्वास्थ्य बीमा क्षेत्रमा सकृय रहेकाे ठगी गर्ने समूहलाई अ‌ंकुश लगाउने समेत टाइम्स अफ इन्डियाले रिपोर्ट गरेको छ।

धेरै अस्पतालहरूमा करिब ४० प्रतिशत स्वास्थ्य उपचार स्वास्थ्य बीमाले नै बहन गरिरहेकाे छ। याे साझा दाबी भुक्तानी प्रणालीकाे प्रयाेगले नगदरहित दाबीको हिस्सा ५५ प्रतिशतबाट १०० प्रतिशतमा पु¥याउने उद्देश्य रहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

बीमा उद्योगले सदस्यको चेतावनीका आधारमा गल्ती गर्ने अस्पतालहरूलाई कारबाही गर्नेछ। लिइने कारबाहीमा चेतावनीदेखि लिएर स्वास्थ्य बीमा संजालबाट निलम्बनसम्मको दायरा हुनेछ। यसको साथै इमान्दारितापूर्वक स्वास्थ्य बीमा दाबी गर्ने स्वास्थ्य संस्थाहरूलाई बीमा उद्योगले पुरस्कृत समेत गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS