IME Life New

स्वावलम्बन लघुवित्तको साधारण सभा आज, लाभांश सहित यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वावलम्बन लघुवित्तले आज फागुन १९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा लैनचौर ब्यान्क्वेटमा आयोजना गर्ने जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनश शेयर र ६ दशमलव ०५२ प्रतिशत नगद गरि कुल २१ दशमलव ०५२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान बाँडफाँड विवरण छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) तथा कम्पनी ऐन, २०६३ को दफा १११ (३) अनुसार आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने , आर्थिक वर्ष २०७८/७९ मा भएका संचालक समितिका नयाँ सदस्यहरुको मनोनयन तथा नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्रको ५ (क) (अधिकृत पुँजी), ५ (ख) (जारी पुँजी), र ५ (ग) (चुक्ता पुँजी) संलग्न तीन महले अनुसूची अनुसार हुने गरी संशोधन गर्ने, यस वित्तीय संस्थाको नियमावलीको नियम २९ (१) (ग) को (अ) मा संलग्न अनुसूची अनुसार हुने गरी संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनहरुमा नियमनकारी निकायहरुले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप गर्न संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

संस्थापक शेयरलाई १० प्रतिशत बिन्दुले सर्वसाधारणमा परिणत गरी हालको शेयर संरचना संस्थागत शेयर ७० प्रतिशत र सर्वसाधारण शेयर ३० प्रतिशतलाई क्रमशः संस्थापक शेयर ६० प्रतिशत र सर्वसाधारण शेयर ४० प्रतिशत कायम गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १० गते बुक क्लोज गरेको थियो । त्यसकारण फागुन ९ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS