IME Life New

स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरु तथा अभिभावकहरुको उपस्थितिमा एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको छ ।

एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरु, डिजिटल बैकिङ्ग सेवा, बहुबैकिङ्गबाट बच्ने उपायहरु जस्ता विषयमा प्रशिक्षण दिइएको थियो।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यहरुलाई सानो—सानो आकारको बचत गर्ने बानीको विकास गराउने, सरसफाई तथा वातावरण प्रति सजग गराउने, बहुबैकिङ्गबाट बच्न सिकाउने, आवश्यकता अनुसारको कर्जा कारोवार गरी उद्यमशील बनी आर्थिक रुपमा सक्षम बनाउने जस्ता कार्यहरु गरि समाजलाई सकारात्मक दिशा तर्फ अगाडी बढाएकोमा संस्थाको प्रशंसा गरिन्।

वित्तीय संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताए । यस वित्तीय संस्थाबाट उपभोग गरेको कर्जाको सदुपयोग गरी आफ्ना व्यपार व्यवसाय लाई सफल बनाउन सुझाव दिए । यस संस्थाले आफ्ना कारोवारहरुलाई प्रविधिमैत्री बनाई पारदर्शि बनाउने तर्फ अगाडी बढेको बताए ।

१५० जना भन्दा बढी सहभागी सदस्यहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमा संस्थाको तालिम विभाग प्रमुख मोहित नारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS