IME Life New

स्वरोजगार लघुवित्त वित्तीय संस्था पनि अब एनपीएसमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ । यस अन्तर्गत स्वरोजगार लघुवित्तले NCHL-IPS / RPS/connectIPS प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका कारोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

Esewa
Crest

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको ल्एक्ष् मा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैर बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेड कम्पनी ऐन २०६३ बमोजिम लघुवित्त वित्तीय संस्थाको को रुपमा स्थापित संस्था हो । यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकमा रहेको छ । यस संस्था स्थापना गर्नु को मुख्य उदेस्य सामाजिक र आर्थीक रुपले पिछडिएका गरीब समुदाय लाई समुह मा आबद्द गरी वित्तिय सेवा प्रदान गरी उनिहरुको आर्थिक अवस्था सुधार गर्नु रहेको छ । राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वरोजगार लघुवित्तले आफ्नो सामूहिक नेटवर्क मार्फत लेन्डिङ्ग मोडल पछ्याउंदै नेपालको ३६ जिल्लामा ९१ शाखाहरु मार्फत १३०,००० घरधुरी लाई आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS