IME Life New

स्वदेशी पुनर्बीमकसँग बीमा नगरे कारवाही गर्ने प्राधिकरणको चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा निर्देशिकाको प्रावधान अटेर गर्दै विदेशी पुनर्बीमकसँग सम्झौता जारी राख्ने बीमकलाई कारवाही गर्ने चेतावनी दिएको छ । प्राधिकरणले पुनर्बीमा सम्बन्धमा परिपत्र जारी गर्दै पुनर्बीमा निर्देशिका २०८० को प्रावधान अनिवार्य पालना गर्न सचेत समेत गराएको छ।

पुनर्बीमा निर्देशिकाको दफा ८(२) बमोजिम शत प्रतिशत स्वदेशी पुनर्बीमकसँग पुनर्बीमा व्यवस्था गर्नुपर्नेमा विदेशी पुनर्बीमकसँग गरेको पाइएकाले विदेशी मुद्रा सहटी सुविधाको लागी सिफारिश नगर्ने चेतावनी दिएको छ।

Esewa
Crest

निर्देशिकाको दफा ८(१) मा ‘स्वदेशी पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्न। बीमकले पनुर्बीमा अन्तर्गत प्रत्यक्ष हिस्सा वापत स्वदेशी पुनर्बीमकलाई प्रदान गरे पश्चान बाँकी रहेको हिस्साको कम्तीमा तीस प्रतिशत पुनर्बीमा बराबर हुनेगरी स्वदेशी पुनर्बीमकलाई स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ’ भन्ने प्रावधान छ।

प्राधिकरणले निर्देशिकाको दफा ८(२) मा ‘बीमकहरुले जीवन बीमा, मोटर, कृषि, पशुपंक्षी तथा जडिबुटी बीमा, (हुलदंगा तथा आतंकवाद बीमा र विविध बीमा बाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमा नै शत प्रतिशत पुनर्बीमा गर्नुपर्ने र यसरी प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न पाउने छैन भन्ने प्रावधान प्रति बीमकको ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS