IME Life New

स्मार्ट टेक्नोलोजी, हाई–टेक फिचर ! होन्डाले एकसाथ ल्यायो दुई इलेक्ट्रिक कार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होन्डाले कन्ज्युमर इलेक्ट्रोनिक्स शो (सीईएस २०२५) मा कम्पनीको नयाँ ‘0’ सिरिजको ब्याट्री इलेक्ट्रिक भेहिकल लाइनअपमा पहिलो दुई मोडल– होन्डा ‘0’ एसयूभी र होन्डा ‘0’ सलोन प्रोटोटाइप प्रस्तुत गरेको छ। दुवै प्रोटोटाइपमा आधारित उत्पादन तयार मोडल २०२६ मा उत्तरी अमेरिकामा लन्च गरिनेछ। त्यसपछि तिनीहरु विश्वव्यापी बजारमा लन्च हुनेछन्।

होन्डाले होन्डा 0 सिरिजका मोडलहरुमा प्रयोगका लागि आफ्नो सवारीसाधन अपरेटिङ सिस्टम (ओएस), एएसआईएमओ ओएस पनि ल्याएको छ। होन्डाले रेनेसास इलेक्ट्रोनिक्स कर्पोरेसनसँग उच्च प्रदर्शन प्रणाली–अन–चिप विकास गर्न सम्झौताको घोषणा गरेको छ। जुन आगामी केही वर्षमा ‘0’ सिरिजको नेक्स्ट जेनरेशन मोडलहरुमा प्रयोग हुनेछ।

Esewa
Crest

होन्डा 0 एसयूभी

यो मध्यम आकारको इलेक्ट्रिक एसयूभीको प्रोटोटाइप हो। जुन कम्पनीको नयाँ ईभी आर्किटेक्चरमा आधारित उत्पादन हुने होन्डा ‘0’ सिरिजको पहिलो मोडल हुनेछ। यो एसयूभी गत वर्ष सीईएस २०२४ मा प्रदर्शन गरिएको स्पेस–हब कन्सेप्ट मोडेलमा आधारित छ। कम्पनीको दावी छ कि एसयूभी प्रोटोटाइपको भित्री भागले मानिसहरुलाई ‘स्पेस’ अनुभव दिनेछ।

पातलो, हल्का र वाइज डेभलपमेन्ट अप्रोचमा डिजाइन गरिएको यो इलेक्ट्रिक एसयूभीमा धेरै उन्नत सुविधाहरु प्रदान गरिनेछ। यो मोडेल ‘अल्ट्रा–पर्सनल अप्टिमाइजेसन’ र एएसआईएमओ अपरेटिङ सिस्टमसँग सुसज्जित छ। स्टियर–बाई–वायर प्रणालीहरु अपनाएर स्टेयरिङ ह्विल, सस्पेन्सन र ब्रेकहरुजस्ता बाई–वायर उपकरणहरुको इन्टिग्रेसन कन्ट्रोल सम्भव हुनेछ। जसले उत्कृष्ट ह्यान्डलिङ प्रदान गर्दछ। कम्पनीले ओहायोमा आफ्नो उत्पादन सुरु गर्नेछ।

होन्ड 0 सैलुन

यो होन्डा 0 सिरिजको फ्ल्यागसिप मोडल हो। यसको कन्सेप्ट मोडल गत वर्ष कन्ज्युमर इलेक्ट्रोनिक्स शोमा प्रदर्शन गरिएको थियो। यसमा केही नेक्स्ट जेनेरेसन टेक्नोलोजी प्रयोग गरिएको छ। यो एक सैलुन कार हो, जसको बोल्ड स्टाइल डिजाइन कन्सेप्ट मोडेलमा देख्न सकिन्छ। प्रोटोटाइपको कम उचाइ र स्पोर्टी ‘वेज–आकार’ स्टाइल दुवैले यसलाई बजारका अन्य सलुन मोडेलहरु भन्दा फरक पार्छ। यसको लो–स्लङ केबिन धेरै विशेष छ।

ओहायोको होन्डा ईभी हबमा निर्मित होन्डा 0 सैलुनको उत्पादन मोडेल पहिलोपटक उत्तर अमेरिकी बजारमा सन् २०२६ को अन्त्यमा ल्याइनेछ। त्यसपछि यसलाई जापान, युरोपलगायत विश्व बजारमा ल्याउने योजना छ। यद्यपि कम्पनीले यी दुई कारको स्पेसिफिकेसन र ड्राइभिङ रेन्ज आदिका बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन।

कन्जुमर इलेक्ट्रोनिक्स शोको क्रममा होन्डाले सोनीसँगको साझेदारीमा तयार भएको आफ्नो पहिलो इलेक्ट्रिक कार ‘अफिला १’ पनि सार्वजनिक गरेको छ। जुन एक स्मार्ट इलेक्ट्रिक सेडान कार हो। जुन धेरै एड्भान्स फिचरलेसुसज्जित छ। सोनी होन्डा मोबिलिटीले यो कार संयुक्त रुपमा विकास गरेको हो। यो कार दुई फरक भेरियन्टमा ल्याइएको छ।

यसमा बेस भेरियन्ट अफेला १ ओरिजिनको प्रारम्भिक मूल्य ४८९,९०० (लगभग रु ७७.१५ लाख) र टप भेरियन्ट ’अफिला १ सिग्नेचर’को प्रारम्भिक मूल्य ४१०२,९०० (लगभग रु ८८.३१ लाख) तोकिएको छ। दुबै कारको मूल्यमा सुविधाहरुको लागि ३ वर्षको सदस्यता पनि समावेश छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS