IME Life New

स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले २ अर्ब ४० करोड रुपैयाँबराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०।३० प्रतिशत ब्याजदर भएको ‘१०।३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गरेको हो।

Esewa
Crest

त्यसमध्ये ६० प्रतिशत अर्थात १४ लाख ४० हजार कित्ता ऋणपत्रले हुन आउने १ अर्ब ४० करोड ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बाँडफाँट गरिने र बाँकी ९ लाख ६० हजार कित्ता ऋणपत्रले हुन आउने ९६ करोड ऋणपूँजी रकम सर्वसाधारणका लागि बाँडफाँट गरिने बैंकले जनाएको छ।

सर्वसाधारणको लागि छुट्टाएको ९ लाख ६० कित्ता ऋणपत्रमध्ये ४८ हजार कित्ता सामूहिक लागनी कोषको लागि बाँडफाँड गरिएको छ। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता देखि १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS