IME Life New

स्टार हस्पिटलले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार हस्पिटल लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने निर्णय गरेको छ । आइपीओ निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

स्टार हस्पिटल लिमिटेडले ४० करोड शेयर पूँजी बराबरको १ सय रुपैयाँ अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । करिब ६९ करोड चुक्ता पूँजी भएको यस हस्पिटल संग २५ प्रतिशत अग्राधिकार शेयर सहित ८५ करोड चुक्ता पूँजी रहेको अवस्थामा यो निष्काशनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा नीजि संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी २ अर्ब भन्दा माथि हुने जानकारी दिएको छ ।

यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरु सहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा र अधिराज्यका विभिन्न स्थानहरुमा उपचार सेवा केन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ । यथाशक्य चाँडै नै अन्तराष्ट्रिय बैँकसँग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS