IME Life New

स्टाइलिस लुक अनि शक्तिशाली इन्जिन, रोयल इनफिल्डको ‘बियर ६५०’ बाट उठ्यो पर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामो प्रतीक्षापछि रोयल इनफिल्डले अन्ततः आफ्नो नयाँ मोटरसाइकल बियर ६५० सार्वजनिक गरेको छ। इटालीको मिलान सहरमा आयोजना हुने ईआईसीएमए मोटर शोमा छिट्टै विश्वसामु प्रस्तुत हुने यस बाइकको पहिलोपटक आधिकारिक तस्बिर सार्वजनिक भएको छ।

प्राप्त जानकारीका अनुसार कम्पनीले नोभेम्बर ५ मा हुने मोटर शोमा नै यो नयाँ बाइकको मूल्य पनि घोषणा गर्न सक्नेछ। ६५० सीसी सेग्मेन्टमा कम्पनीका अन्य मोटरसाइकल इन्टरसेप्टर, कन्टिनेन्टल र सुपर मिटियरजस्तै ट्विन प्लेटफर्ममा आधारित यो सेग्मेन्टको यो पाँचौँ बाइक हो। सामान्यतया यो इन्टरसेप्टरको स्क्र्याम्बलर मोडेल हो। यसमा धेरै नयाँ फिचर र प्रिमियम मेकानिकल कम्पोनेन्टहरु समावेश गरिएको छ। नामसँगै यसको लुक र डिजाइन पनि निकै प्रभावशाली देखिन्छ।

Esewa
Crest

२१४ केजी तौल भएको यो बाइकमा स्क्र्याम्बल स्टाइल सिट, एलईडी हेडल्याम्प र टेल ल्याम्प, एलईडी इन्डिकेटर, रेसिङ बाइकजस्ता साइड प्यानलमा नम्बर बोर्ड र १८४ एमएमको उत्कृष्ट ग्राउण्ड क्लियरेन्स रहेको छ। यो बाइक इन्टरसेप्टरभन्दा करिब २ किलो हलुका छ। राम्रो ग्राउन्ड क्लियरेन्ससँगै बाइकको अफरोडिङ क्षमता पनि बढ्छ।

डुअल पोड इन्स्ट्रुमेन्ट कन्सोलको सट्टा, बाइकमा गुरिल्ला र हिमालयनमा गोल आकारको टीएफटी डिस्प्ले दिइएको छ। यो डिस्प्लेले न्ययनभि नक्सालाई समर्थन गर्दछ र नयाँ स्विचगियरद्वारा नियन्त्रित हुन्छ। यो बाइक ५ फरक रङमा उपलब्ध हुनेछ।

अन्य मोडलजस्तै बियर ६५० मा पनि ६४८ सीसीको समानान्तर ट्विन इन्जिन प्रयोग गरिएको छ तर यसमा पनि ठूलो परिवर्तन देखिएको छ। दोहोरो निकास पाइपको सट्टा बाइक अब दुई–इन–वन प्रणालीमा चल्छ र दायाँ तिर एकल निकास छ। यो इन्जिनले ४७ एचपी पावर र ५६.५ एनएमको टर्क जेनेरेट गर्छ। एग्जस्ट सिस्टममा गरिएको परिवर्तनका कारण बाइकको टर्कमा ठूलो परिवर्तन देखिएको बताइएको छ।

बियर ६५० ले इन्टरसेप्टर ६५० जस्तै चेसिस प्रयोग गर्दछ तर सस्पेन्सन र ह्विल साइज फरक छ। फ्रन्ट र रियर ह्विल सेटअपलाई १८ इन्च/१८ इन्चको सट्टा १९ इन्च÷१७ इन्चमा परिवर्तन गरिएको छ। जुन स्क्र्याम्बलर मोटरसाइकलसँग बढी मिल्दोजुल्दो छ। सस्पेन्सनलाई पनि अपग्रेड गरिएको छ। यसले सटगनजस्तो शोवा अप–साइड–डाउन (यूडीएस) फोर्क पाएको छ। जब कि पछाडिको भागमा नयाँ डुअल शक–एब्जर्बर सस्पेन्सन छ।

कम्पनीले यो बाइकको सस्पेन्सन ट्राभल पनि बढाएको छ। जुन ११० एमएम/८८ एमएमबाट बढेर १३० एमएम/११५एमएममा दिइएको छ। सस्पेन्सन ट्राभल बढ्दा सिटको उचाइ पनि बढेर ८३० एमएम पुगेको छ। यसमा कम्पनीले एमआरएफको नयाँ नाइलोरेक्स ब्लक प्याट्रन टायर प्रयोग गरेको छ। यद्यपि यसमा ट्युबलेस विकल्प उपलब्ध छैन।

इन्टरसेप्टरजस्तै यसको अगाडि ३२० एमएम डिस्क युनिट दिइएको छ तर २७० एमएम डिस्क ब्रेक पछाडि उपलब्ध छ। यो बाइकमा डुअल च्यानल एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) जडान गरिएको छ। बाइकको एर्गोनोमिक्समा पनि ठूलो परिवर्तन गरिएको छ। जसमा नयाँ फराकिलो ह्यान्डलबार र फरक फुट पेग स्थिति उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS