IME Life New

स्काई वाक टावर चलाउने वन्डर नेपालको वार्षिक कारोबार रु. १२ करोड नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगन्तुकलाई रोमाञ्चक अनुभव दिलाउने स्काई वाक टावर सञ्चालन गरिरहेको वण्डर नेपाल प्रालिको कारोबार १२ करोड रूपैयाँ नाघेको छ।

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका अनुसार यो कम्पनीको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा कारोबार आम्दानी १२ करोड ५० लाख रूपैयाँ छ।

Esewa
Crest

सीमित सञ्चालन खर्चका कारण ह्रासकट्टी,ब्याज र कर अघिको मुनाफा ९ करोड ७० लाख रूपैयाँ कमाए पनि उच्च ह्रासकट्टी र ब्याज खर्चका कारण गत आवमा यो कम्पनीले ४ लाख ७० हजार रूपैयाँ घाटा व्यहोर्नु परेको थियो। गत वर्ष ब्याज खर्च मात्रै ६ करोड ६० लाख रूपैयाँ व्यहोर्नुपरेको थियो।

केयर रेटिङ्गले गरेको वित्तीय सबलता मूल्यांकनमा ६० करोड रूपैयाँ बैंक कर्जाका लागि केयर एनपि डबल बि माइनस रेटिङ दिएको छ। यस्तो रेटिङले तोकिएको समयमा वित्तीय दायीत्व पुरा गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको अवस्थालाइ जनाउँछ। केयर रेटिङ्गका अनुसार लगानी उठाउन लामो समय लाग्ने भएकाले यस्तो परियोजनामा स्थिरताको जोखिम निहित हुन्छ। साथै कारोबार विस्तार गर्न सक्ने क्षमताले पनि यसको वित्तीय सबलतालाई बल पुग्नेछ।

वण्डर नेपालले कमलादीमा अग्लो टावरको शिरमा पारदर्शि शिशामा हिंड्न र टावरबाट पुरै काठमाडाैं शहर नियाल्ने सेवा प्रदान गरिरहेको छ। २६ तल्ले र  ७८ मिटर अग्लो गगन चुम्बी टावर चढेर घुमघाम गर्न आउने ग्राहकको निक्कै भिडभाड हुने गरेको छ। यसबाहेक टावर परिसरमा वण्डर ल्याण्डले योगा, रेष्टुरेण्ट, क्लब र सभा सम्मेलनका लागि समेत आतिथ्यता प्रदान गरिरहेको छ।

यो टावरमा रहेको मनोरञ्जन क्लब राति ८ बजेदेखि बिहान २ बजेसम्म निरन्तर सञ्चालन हुन्छ।

वण्डर नेपाल अन्तर्गत धरानको भेडेटार र इलामको कन्याममा पनि टावर निर्माणाधिन छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS