IME Life New

सोल्टी होटलको लाभांश घोषणा, डाक्यो वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोल्टी होटल आर्थिक वर्ष २०७९/ ८० का लागि लाभांश घोषणा गरेको छ । होटल सञ्चाल समितिको गत शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको कुल ३१.५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने वोनस सेयर र करसहित २६.५८ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभाश अनुमोदन गर्न सोल्टी होटलले आफ्नो ४९ औं वार्षिक साधारणसभा पनि डाकेको छ। सभा आउँदो पुस २६ गते काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा भवनको प्रेक्षालयमा बिहान १०ः३० बजेबाट हुनेछ। सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

Esewa
Crest

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ होटलले आउँदो पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ५ गते सम्म कायम सेयरधनीहरुमात्रै यो होटलको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS