IME Life New

सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मा सेवा क्षेत्रमा मध्ये सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । एघारौं राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभाग तथा सो अन्तरगतका कार्यालयहरुले आर्थिक वर्ष २०७७/७८ मा विभिन्न विधामा अधिकतम कर योगदान पु¥याउने करदाता संस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ ।

सोही अवसरमा आन्तरिक राजस्व कार्यालय पुतलीसडकले आफ्नो कार्यसेवाबाट सबैभन्दा बढी कर दाखिला गर्नेलाई गरेको सम्मानमा सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा प्रभु क्यापिटल लिमिटेडले कदर स्वरुप सम्मान पत्र प्राप्त गरेको हो । उक्त आर्थिक वर्ष २०७७/७८ मा प्रभु क्यापिटलले १२ करोड कर तिरेको थियो ।

Esewa
Crest

राष्ट्रिय कर दिवसको अवसरमा पुतलीसडक आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवले क्यापिटललाई सम्मान गरेका हुन् भने क्यापिटलको तर्फबाट वित्त विभागका ईन्चार्ज रोशन के.सीले सो सम्मानपत्र ग्रहण गरेका हुन् ।

देश विकासका खर्चहरूको लागि करले महत्त्वपूर्ण भूमिका खेल्दछ । साथै, यसले सरकारलाई सार्वजनिक सेवाहरू गर्न र सरकारको कामलाई कायम राख्न मद्दत गर्दछ । नेपालमा आर्थिक वर्ष २०७७/७८ मा रहेको कोभिडको दोस्रो लहरका बाबजुत वित्तीय तथा सेवा क्षेत्रमा कार्य गर्ने निजी तथा सार्वजनिक कम्पनीहरुले उल्लेखनीय कर योगदान गरेका छन् ।

नेपाली पूँजी बजारमा सेवा क्षेत्रमा मर्चेन्ट बैंकरको रुपमा कार्य गरिरहेको प्रभु क्यापिटल लिमिटेड सबैभन्दा बढी चुक्ता पूँजी भएको मर्चेन्ट कम्पनी हो । जसले समयानुसारकोे प्रविधि अपनाईै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै आफ्ना ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गदै आएको छ । त्यस्तै नेपाली पूँजी बजारमा भिडियो केवाइसी मार्फत अनलाईन डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS