IME Life New

सेञ्चुरी कमर्सियल बैंक र रिलायवल लाइफबीच बैंकासुरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट रिलायवलको बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी कमर्सियल बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Esewa
Crest

सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ले व्यक्ति तथा संस्था सुहांउदा विभिन्न किसिमको नयाँ नयाँ जीवन बीमा योजनाहरुलाई बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ । यही लक्ष्य प्राप्तिको लागि इन्स्योरेन्सले बैंकमार्फत आफ्ना जीबन बीमा लेखहरु बिक्री गर्नुका साथै वित्तीय संस्थाको शाखा संजाल प्रयोग गरी देशको कुना कुनामा बीमाको पहुच बिस्तार गर्ने लक्ष्य लिएको कम्पनीले जानकारी दिएको छ । इन्स्योरेन्सले हालसम्म विभिन्न ९ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनता बैंक, आइसिएफसि फाइनान्स लिमिटेड, मुक्तिनाथ बिकाश बैंक, नेरुडे लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था,स्पर्श लघुवित्त वित्तीय संस्था सग बैंकान्सुरेन्स सम्झौता गरि सकेको जनाएको छ । पछिल्लो समय रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बैंकान्सुरेन्स सम्झौतामा आक्रामक दखिन्छ, बैंकान्सुरेन्स पछिल्लो पटक विश्वबजारमा लोकप्रिय बिमा लेख बिक्रिको मध्यम हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS