IME Life New

सूर्योदय वोमी लघुवित्तले घोषणा गर्यो लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हालको चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।

Esewa
Crest

साविक वोमी लघुवित्त वित्तीय संस्था र साविक सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई २०७८ चैत १९ गते देखि एकीकृत वित्तीय कारोवार शुरुवात गरिएको हुँदा एकीकृत कारोवार भएको मिति देखि दुई वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनश शेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको साथै, एकीकृत कारोवार शुरुवात भएको मिति भन्दा पछि शेयर खरिद गर्ने शेयरधनीहरुले लाभांश कर वापतको नियमानुसार रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

1677643051577

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS