IME Life New

सूर्योदय वोमी लघुवित्तको नाफामा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा कम्पनीको खुद नाफामा गिरावट देखिएको छ ।

यस अवधिसम्ममा लघुवित्तले १३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६ दशमलव ०६ प्रतिशतले कमी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको चुक्ता पूँजी ९२ दशमलव २६ प्रतिशत बढेको छ भने जगेडा कोष ८९ दशमलव ५२ प्रतिशत बढेको छ। यस अवधिमा लघुवित्तले निक्षेप १६१ दशमलव ७५ प्रतिशतले बढाएर ४ अर्ब २७ करोड निक्षेप संकलन गरेको छ ।

साथै, यस अवधिमा संस्थाले कर्जा लागनी १३६ दशमलव १८ प्रतिशतले बढाएर १० अर्ब ७३ करोड लगानी गरेको छ । त्यसैगरी, लघुवित्तको सापटी १६७ दशमलव ९७ प्रतिशतले बढेको छ ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४५ दशमलव ६७ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा कुल सञ्चालन आम्दानी ४७ दशमलव ११ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा १६ दशमलव ०६ प्रतिशतले घटेको छ।

यस अवधिमा संस्थाको खुद नाफा घटेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समिक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३४ पैसा घटेर १७ रुपैयाँ ६३ पैसामा सीमित भएको छ। यस अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४४ दशमलव ४१ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५५ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS