IME Life New

सूर्योदय वोमी लघुवित्तको एफपीओ नतिजा यी ३ तरिकाबाट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको वित्तीय संस्थाको एफपीओ आज बिहान बाँडफाँट भएको छ । कम्पनीओ एफपीओ नतिजा भने विभिन्न ३ तरिकाबाट हेर्न सकिन्छ । एफपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेरो शेयरको वेबसाइट र सिडिएसको वेबसाइटबाट हेर्न सकिन्छ ।

एफपीओ नतिजा बिक्री प्रबन्धकको वेबसाइट : https://kumaricapital.com/ , मेरो शेयरको वेबसाइट :  http://meroshare.cdsc.com.np/#/login, सिडिएसको वेबसाइट,  http://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

Esewa
Crest

धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट गरिएको छ। संस्थाले यही साउन ४ गतेदेखि साउन ८ गतेसम्म कुल ४६ लाख ७२ हजार ९५४।५० रुपैयाँबराबरको एफपीओ निष्कासन गरेको थियो। जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९।५४५० कित्ता एफपीओ बिक्री खुला गरिएको थियो।

यो एफपीओमा कुल १५ लाख ६४ हजार ४२३१ आवेदकबाट २ करोड २१ लाख २७ हजार ८८० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १५ लाख ६३ हजार ३२२ आवदेन सदर भएको थियो भने १ हजार १०१ को आवेदन बदर भएको थियो।

कुल सदर आवेदकबाट २ करोड २१ लाख ८ हजार ७१० कित्ता शेयरका लागि खरिद आवेदन परेको थियो। मागभन्दा बढी आवदेन परेका कारण यो एफपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो।

जसमा भाग्यमानी ४ हजार ६७२ जनालाई १० कित्ताका दरले ४६ हजार ७२० कित्ता शेयर पाएका छन्। तिनै भाग्यमानी आवेदनमध्ये ९ जनाले थप १–१ कित्ता शेयर पाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS