IME Life New

सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडां । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ८५ हजार ९४० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको शेयर लिमामी मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीसँगै जोकोही व्यक्ति तथा संघले खरिद आवेदन दिन सक्ने संस्थाले जनाएको छ । शेयरको मूल्य न्यूनतम प्रतिकित्ता २६२ रुपैयाँ तोकिएको छ ।

Esewa
Crest

शेयरमा आवेदन दिन न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

उक्त शेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले काटमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल तथा थापाथलीमै रहेको एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय र शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरबाट खरिद आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS