IME Life New

सूर्यज्योति लाइफको दोश्रो सेल्स कन्भेन्सन भव्य रुपमा सम्पन्न, विभिन्न विधामा सम्मान र पदक प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भटराई, सदस्यहरु नन्द किसोर शर्मा, हेमन्त नहाटा, विवेक झा, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का लगायत उच्च पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

आयोजित उक्त कार्यक्रममा व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्टता हासिल गर्न सफल हुनुभएका देशभरिबाट उत्कृष्ट १० जना ब्रान्च म्यानेजर र १० जना सेल्स एक्जिक्युटिभहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा प्रत्येक विधामा सर्वोत्कृष्ट ३ जनालाई अध्यक्षद्वारा ट्रफी तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

उक्त आयोजित दोश्रो सेल्स कन्भेन्सनबाट कम्पनीको हालको अवस्था र आगामी बजार विस्तार योजना र रणनीति सम्बन्धी बृहत ज्ञान प्राप्त गर्ने अवसरले कर्मचारीहरु थप उत्साहित रहेको कुरा सहभागीहरुले जानकारी गराए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सूर्या लाइफ र ज्योति लाइफको ऐतिहासिक सफल मर्जर पश्चात कम्पनीले हरेक सुचकहरुमा उलेखनीय सफलता हासिल गर्दै आइरहेको साथै समय सापेक्ष उत्कृष्ट योजना र नविनतम प्रविधिको अवलम्बन गर्दै देशको जीवन बीमा क्षेत्रकै उत्कृष्ट सूर्यज्योति लाइफ बन्नेमा आफु ढुक्क रहेको बताए ।

कार्यक्रममा सञ्चालक विवेक झाले कम्पनीसंग बेस्ट प्रोडक्ट, देशभर फैलिएको शाखा सञ्जाल, उत्कृष्ट सेल्स टिम र दक्ष कर्मचारीहरुको साथ रहेको हुँदा आगमी दिनमा जीवन बीमा कम्पनीहरुमा सूर्यज्योतिनै अब्बल हुने कुरामा आपूले दृढ विश्वास लिएको जानकारी गराए ।

साथै कार्यक्रममा सञ्चालक नन्द किशोर शर्माले कम्पनीको वृहत्तर हीत र उन्नतिका लागि सञ्चालक समिति सदैव सकारात्मक रहेको कुरा जानकारी गराए । कम्पनीका अध्यक्ष केशव प्रसाद भटराईले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिनु भयो। अध्यक्ष भटराईले ब्यापार बिस्तार गर्ने क्रममा कम्पनीले संस्थागत सुशासन तथा जोखिम व्यबस्थापनको सुक्ष्म पहिचान गरि बीमा प्राधिकरण बाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS