IME Life New

सुन्तला र जुनार समेटियो बीमाको दायरामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बीमा समितिले सुन्तला र जुनार खेती बीमालेख योजना जारी गरेको छ । यस बीमालेखले सुन्तला र जुनार खेतीमा हानि नोक्सानी भएमा रक्षावरण गर्नेछ । समितिले कागती सुन्तला र जुनार बीमालेख एकैपटक जारी गरेको हो ।
जुनार र सुन्तलाको हकमो समुद्री सतहको एक हजारदेखि एक हजार ४०० मिटरसम्ममा खेती गरेको हुनुपर्नेछ । तर, उष्ण प्रदेशीय क्षेत्रका लागि सिफारिस गरिएको जातको सुन्तला खेती तराई तथा भित्री मधेशको तोकिएको क्षेत्रमा हुनुपर्ने बीमालेखमा उल्लेख रहेको छ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु

Esewa
Crest

सुन्तला र जुनार खेती बीमालेखले सबै अवस्थामा जोखिमको रक्षावरण गर्दैन् । खेती गरेको बीमा अवधिभित्र आगलागी, चट्याङ, भुकम्प, बाढी डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

बीमालेखले क्षतिपूर्ति नदिने अवस्थाहरु

बीमालेखले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । जस्तै : जानजानी लापवाही गरेमा, सरकारी निकायको आदेशमा जुनार र सुन्तला खेती नष्ट गनुपरेमा, विरुवा वा फलफूल चोरी भएमा, आणविक इन्धनबाट उठेको वा सोसँग प्रत्य्रक्ष् वा अप्रत्यक्ष रुपमा संलग्न रहेको कारणबाट क्षती भएमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही, गृहयुद्ध, राजद्रोह, सैनिक विद्रोहको कारणबाट बीमितको जुनार र सुन्तलाको क्षति भएमा , कागती खेतीमा भएको क्षतीको कारणले हुन गएको अन्य वा थप खर्च वा नोक्सानी भएमा , यस्ता अवस्थाहरुमा बीमा कम्पनीले जुनार र सुन्तला खेतीको क्षतिपुर्ति प्रदान गर्दैन ।

शर्तहरु

जुनार र सुन्तला रोपेको एक बर्ष पछि मात्र कागतीको बीमा गर्न सकिने , विरुवा रोपण बर्षायाममा जेठ १५ देखि श्रावण १५ सम्म गरिसक्नुपर्ने छ । बगैंचा स्थापनाको दागि तोकिएको मापदण्ड बमोजिम प्राविधिक रुपमा चाहिने भुगोल तथा हावापनी सहने जातको छनौट, सिंचाईको व्यवस्था गरी आवश्यक जमिनको चिस्यान कायम, सन्तुलित मलखाद एवं नियमित रुपमा बगैंचा व्यवस्थापनमा ध्यान दिनुपर्ने , साथै, सोको नियमित रुपमा अभिलेख राख्नुपर्छ ।

जुनार र सुन्तला खेती धनीले तत्काल रेखदेख तथा उपचार गराएको कागजात प्रमाण सुरक्षित साथ राख्नु पर्छ । बीमकले चाहेको जुनसुकै समयमा जुनार र सुन्तला निरीक्षण गर्न आउने बीमक वा तोकिएको संस्थाका आधिकारिक प्रतिनिधिलाई जुनार र सुन्तला खेतीको परीक्षण गर्न दिनु पर्नेछ ।

बीमितले क्षती भएको २४ घण्टाभित्र बीमक वा तोकिएको संस्था वा प्रतिनिधिले क्षति हानि नोक्सानिको निरिक्षण गर्न सक्ने हुनाले सो अवधिसम्म खेती धनीले क्षति वा हानि नोक्सानिको स्थानलाई यथा अवस्थामा राख्नु पर्नेछ । तर क्षति न्यूनिकरण गनै चालिएको कदमलाई यस प्रावधानले बाधा पुर्याउने छैन ।

जुनार र सुन्तला खेतीमा कुनै रोग र किरा वा दुबै लागेमा तत्काल आफनौ खर्चमा उचित रेखदेख तथा उपचार गराउनुपर्छ । साथै, सोको प्रमाण सुरक्षित साथ राख्नु पर्छ र बीमा दाबीको अवस्थामा पेश गर्नुपर्छ ।

दाबी सम्बन्धि प्रक्रिया

यस बीमालेखले रक्षावरण गरेको जोखिमहरुका कारणबाट बीमा गरिएको कागतीको हानि नोक्सानी भएमा सोको ७ दिनमा वा सो अवधि भित्र सम्भव नभएमा सोको कारण सहित सम्भव हुनासाथ बैंक वा सदस्य मार्फत देहायका कागजातहरु बीमक समक्ष पेस गर्नु पर्नेछ ।

दाबी गर्दा सक्कल बीमालेख, पूर्ण रुपले भरिएको दाबी फाराम, स्थानिय निकायको कृषिज्ञान केन्द«बाट अनिवार्य रुपमा प्रमाणपत्र पेश गर्नुपर्छ ।बीमा अवधिभित्र कुल बीमाङ्कको ५ प्रतिशतभन्दा बढी क्षति भएमा मात्र बीमा दाबी भुक्तानी गरिनेछ । बीमा अवधिभित्र बीमा गरिएको फलफूल खेती ८० प्रतिशतभन्दा बढी क्ष्क्षति भएमा पूर्ण क्षति अनुसार दाबी भुक्तानी गरिनेछ ।

सम्बन्धित प्राविधिकको प्रतिवेदन, सम्बन्धित गाविस वा नगरपालिका ,वडा वा कम्तिमा नजिकको दुईजना छिमेकी वा संधियारको सर्ज्िमन मुचुल्का समेत संलग्न गरी दाबी गर्नुपर्छ । बीमा अवधीभत्र बीमा दाबी परेको क्षेत्रफललाई पुर्न स्बीमामा समावेश गर्न पाईनेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS