IME Life New

सिभिल लघुवित्तले बोलायो साधारण सभा, लाभांश सहित के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्तले फागुन २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले त्रिपुरेश्वर स्थित बोगनभिल्लामा सभा आयोजना गर्ने जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश गरि कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, मिति २०७८साउन १ गतेदेखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गर्ने, हाल कायम रहेको पूँजी संरचनामा संस्थापक सेयरधनीको तर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा सेयर स्वामित्व अनुरूप प्रतिनिधित्व व्यवस्था गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरुमा थप र संशोधन सम्बन्धी विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा समायोजनका लागि निर्देशन वा सुझाव आएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ऐन, २०६३ को दफा १०५ मा भएको व्यवस्था बमोजिम संस्थाले आफ्नो नियमित व्यावसायिक कारोबारको सिलसिलामा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १३ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS