IME Life New

सिभिल लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा पनि गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा ८७ दशमलव ५९ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी सामान्य घटेसँगै खुद नाफा पनि घटेको हो । यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३ दशमलव २४ प्रतिशत घटेको भने खुद फि तथा कमिशन आम्दानी ३१ दशमलव ७० प्रतिशत घटेको छ।

Esewa
Crest

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ८ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले पछिल्लो ९ महिनामा ३ अर्ब ९२ करोड ३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १६.६८ प्रतिशत र सञ्चालन मुनाफा ८७.५९ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा १.७६ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर २ करोड २९ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ७१ पैसा घटेर २ रुपैयाँ ७३ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२८.६९ गुणा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS