IME Life New

सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशनबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालबीच सम्झौता भएको छ । बैंक र हेल्भेटासको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तीय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पुर्याउनुका साथै शीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादन मुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा बजारीकरण गर्ने विषयमा सम्झौता भएको जनाइएको छ ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

कार्यक्रममा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले यो सम्झौताले बैकिङ्ग सेवाबाट बन्चित रहेका उक्त क्षेत्रका स्थानीयलाई बैकिंङ्ग सेवा मार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानिय स्तरमानै केहि गर्ने सोच सहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए ।

उक्त सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णालीप्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि बजारलाई व्यवस्थित गर्न कार्य गर्ने छ, भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखा रहित बैकिङ्ग सेवा मार्फत बैकिङ्ग सेवा प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS