IME Life New

सिभिल बैंकले थालनी गर्यो अप्पन जनकपुर, डिजिटल जनकपुर अभियान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । प्रमुख अतिथि तथा जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहद्वारा टेम्पो व्यवसायी नारायण मण्डललाई क्यू आर कोड हस्तान्तरण गरी उक्त अभियानको थालनी गरिएको हो।

डिजिटल इको सिस्टमको अवधारणा स्वरूप दैनिक जीवनमा गर्ने साना साना खर्चहरु जस्तै टेम्पो भाडा, मन्दिरमा भेटि, पानी पुरी, जुत्ता मर्मत, सरसामग्री आदि खरिद, शौचालयको शुल्कको भुक्तानी देखि ठूला खर्चहरुको भुक्तानी जस्तै सभा हलको भाडा तथा सबै प्रबन्धहरुको भुक्तानी क्यू आर कोर्डबाट नै गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम डिजिटल इको सिस्टमको अवधारणालाई टेवा पुर्याउने हेतुले उक्त कार्यक्रममा क्यू आर कोड सम्बन्धी प्रस्तुति गरिएको थियो र त्यसका साथ साथै ट्राफिक जनचेतना बढाउनको लागि प्रस्तुती गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी जनकपुर उपमहानगरपालिकाकी  उपमेयर किशोरी साहले सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा आफू खुसी भएको र नगद रहित समाज आजको आवश्यकता भएको र नोट छाप्नका लागी विदेशिने ठूलो धन राशिको संचय हुने उल्लेख गरेकी छिन् ।

बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरुमा सम्म गरी एक चालीस हजार भन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरी सकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS