IME Life New

सिप्रदीले भुकम्प पिडितलाई गर्यो ५५ लाखको राहत वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिप्रदीद्वारा जाजरकोट र रूकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरिएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को संयुक्त प्रयासमा यहि कार्तिक २६ गतेका दिन जिल्ला प्रसासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रू. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरेको छ ।

तिहारमा लक्ष्मी पुजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु (त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरुबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पिडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।

Esewa
Crest

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले भने, “भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको बैकल्पिक व्यवस्था नभएका पिडितहरुलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसंग समन्वय गर्दै राहत वितरण गरेका छौं । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाध्यान्न र न्यानो कपडाहरु हस्तान्तरण गरेका छौं र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रुपमा सहयोग पुराउने नै छौं ।”

आठविसकोट, रुकुमका नगर प्रमुख रबि के सीले भने, “जाजरकोट केन्द्रबिन्दु भएर विनासकारी भुकम्प प्रभावित यस नगरपालिका जनताको लागि सिप्रदी सहायता संस्थाले गरेको खाधान्न, जिन्सी र औषधि लगायतका सामग्रीको सहयोगप्रति हामी आभारी छौं । यो सहयोगले यस प्रकोपले दुखमा परेका नगरबासीलाई राहत मिलेको छ ।”

विगतमा पनि सिप्रदीयन सहायता संस्थाले टाटा ट्रस्ट्स सँगको साझेदारीमा ‘नेपाल भूकम्प पुनस्र्थापना परियोजना’को शुरूवात गरेको थियो । सो परियोजना अन्तर्गत २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित र वैशाख २९ को शक्तिशाली पराकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकमा ९ वटा विद्यालयहरू तथा एउटा स्वास्थ्य चौकीको पुनःर्निमार्ण र हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS