IME Life New

सिन्धु विकास बैंकको १३ औं बार्षिकोत्सव सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३औं बार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताहब्यापी रुपममा विभिन्न कार्यक्रमहरु गरी वार्षिकोत्सव मनाएको हो ।

भाद्र २४ गते परेको बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल कलेजहरुमा बित्तिय साक्षरता कार्यक्रम, बैकिङ्ग कसुर तथा साईवर क्राईम बिषयमा सचेतना मुलक कार्यक्रहरु लगाएत बिभिन्न बिधालयहरुमा शैक्षिक सामाग्रीहरु बितरण गर्नुका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रपलाञ्चोक र दोलखा जिल्लामा रहेका बिभिन्न प्रतिष्ठित मठ मन्दीरहरुको सरसफाई तथा डस्टपिनहरु वितरण गरी भाद्र २४ गते बैंकको कर्पोरेट कार्यालयको पाङ्गगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो। बैंकका अनुसार कार्यक्रममा बनेपा बजार लगायत आसपास क्षेत्रका स्थानिय वासिन्दा तथा विभिन्न बैक बित्तिय संस्था एवं अन्य संघ संस्थाका प्रतिनीधिहरु समेत गरी ७५ जनाले रक्तदान गरेका थिए ।

Esewa
Crest

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकको रुपमा स्थापित बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २५ वटा शाखा कार्यालयहरु र १ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS